जेष्ठ १४ गतेबाट फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’

Posted on: 07 May, 2016

बैशाख २५, पोखरा । ईस्टर इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ जेष्ठ १४ गतेबाट देशभर रिलिज हुने भएको छ । फिल्म वितरक गोविन्द बैजु रौनियारले फिल्म रिलिज हुने जानकारी दिएका हुन् । नेपालकै सानो उमेरका निर्देशक १९ बर्षिय टिनएजर उत्सब थपलियाले यस अघि केही डकुमेन्ट्री निर्देशन गरि चर्चा कमाएका थपलिया पहिलो पटक ठुलोपर्दाको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ निर्देशन गरेका हुन् ।

युवा उमेर समूहको मित्रतालाई फिल्मको पर्दामा देखाउन खोजेको छ । फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’ लभ, रोमान्स र एक्शन प्रदान चलचित्र हो । आराभ सदिक्षा थापा र सन्दिप घिमिरेको निर्माणमा बनेको फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, प्राहिक न्यौपाने, पिंकी शेर्पा, साधना थापा, इन्जमाम अलिक खान लगायतकाको अभिनय रहेको छ ।

फिल्मलाई निर्मल श्रेष्ठले खिचेका हुन, साहिल खान र मिलन श्रेष्ठले संपादन गरेको यस फिल्ममा द्वन्द्व अष्ठ महर्जनको रहेको छ ।

- सन्तोश बस्याल बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!