दाईजो लिएर विवाह गराउनेलाई समाजिक कारवाही गरि ५० हजार जरिवाना

Posted on: 19 Dec, 2016

अभिमनु कुमार पटेल | पुस ४, रौतहट । दाईजो प्रथा बन्द अभियान रौतहटले आज एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई ५० हजार जरिवाना गरि समाजिक कारवाही समेत गरेका छन ।

गा.वि.स कन्कपुर वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुन सँग गा.वि.स राजपुर फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा  शेख सकिलको विवाह गर्नका लागि २ लाख ५० हजार दाईजो लिएर आज विवाह गराउन जयन्ती लिई बिहानै कनकपुर जादा दाईजो लिएको कुरा समितिका सदस्य शेख दाउद लगायत अन्य लाई जानकारी हुँदा ठाउँमा पुगेर जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेको थियो ।

विवाह रोके पछि जिल्लाबाट प्रहरी गई समाजले रोक लगाएका कुरा नमानेको कारणले छोरा पक्ष , छोरी पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको त्यही जयन्ती लिएर गएको केटो सँग विहे गराएको छ ।

समाजमा दाईजो प्रथाले गर्दा महिला माथि दिन प्रति दिन बढदै गई रहेको घट्ना लाई नियुनिकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यका साथ केही दिन अघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी , प्रमुख जिल्ला प्रहरी , र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनिक कुनै परिवारमा बिना दाईजाको विवाह गरिने दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेत लाई कारवाही गरि जरिवान गरिने भन्नेर निर्णय दाईजो प्रथा बन्द अभियान समिति गठन गरेको थिए । यो घटना बारे दाईजो प्रथा बन्द अभियान रौतहटका जिल्ला सदस्य एवं समाजसेवी जमिल अख्तरले जानकार दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!