रुपन्देही, गुल्मी र अर्घाखाँची जिल्लामा फेरि बन्द

Posted on: 20 Dec, 2016

पुस ५, रूपन्देही । सिमाङ्कनको बिरोधमा आन्दोलनरत रुपन्देही, गुल्मी र अर्घाखाँची जिल्ला फेरी बन्द भएको छ । 

सोमबार युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछी त्यसको बिरोधमा एमालेले फेरि बन्द गराएको हो । एमालेको भात्री संगठन युवासंघले तिवारीको हत्याको तत्काल छानबीनको माग गर्दै बन्द आव्हान गरिएको हो । 

बन्दकर्ताहरुले आज बिहानैदेखि यी तीन जिल्लाहरुमा सवारी साधान संचालन भएका छैन । बन्दका कारण फेरी ती जिल्लाका नागरिकको दैनिकी प्रभावित भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!