३२ जना विद्यार्थीलाई आर्थिक एवं पोशाक वितरण

Posted on: 20 Dec, 2016

पौष ५ पर्वत ।जिल्लामा रहेको एक विद्यालयमा स्थानीय व्यक्तिले विद्यार्थीलाई आर्थिक सहयोग तथा पोशाक वितरण गरेका छन् । ठानामौला गाविसमा   रहेको सरस्वती प्राविको ३१ औ वार्षिकउत्सवको अबसरपारी स्थानीय कुलबहादुर गुरुङले विद्यालयका ३२ जना विद्यार्थीलाई जनही ४ सय रुपैयाँ र पोशाक वितरण गरेका हुन् । 

उनले उक्त विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्ध गर्नको लागि सवै एक जुट हुनुपर्नेमा जोड दिदै विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफुले सहयोग गर्ने समेत बताए । गाउँमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नको लागि सवै एक हुनुपर्नेमा उनको जोड थियो । यस अघि पनि उक्त विद्यालयका सवै विद्यार्थीहरुलाई सोडेक नेपाल पर्वत वाट झोला तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।

वार्षिक उत्सवकै अवसरमा विगत २१ वर्षदेखी उक्त विद्यालयमा कार्यरत निवर्तामान प्रअ डिल्ली प्रसाद सुवेदीलाई विदाई समेत गरिएको छ । उनले विद्यालयमा पु¥याएको योगदानको उच्च कदर गर्दै विद्यालय ब्यवस्थापन समिती तथा विद्यालय परिवार वाट सम्मानका साथ  विदाइ गरिएको हो । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्याम वहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी छात्रा अन्जना सुनारले गरेका थिए भने भने कार्यक्रमको संचालन विद्यालयका प्रअ नारायाण प्रसाद भुषालले गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!