डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईएको ताला १० दिनपछि खुल्यो

Posted on: 20 Dec, 2016

ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको तालाबन्दी खुलेको नेविसंघ क्याम्पस कमिटी सभापति सन्तोष देउवाले बताए । विद्यार्थी संगठनले उठाएका मागहरु सम्बोधन गर्ने सहमति भए पछि क्याम्पस प्रशासनमा लगाईएको ताला खुलेको क्याम्पस प्रमुख टेक राज पनेरुले जानकारी दिनु भयो । दक्ष शिक्षक नियूक्त गर्नु लगायतका १८ बुद्धेमागहरु राखी नेपाल विद्यार्थी संघ क्याम्पस कमिटीले मंसिर २६ गते क्याम्पस प्रशासनमा तालबन्दी गरेको थियो ।  सबै मागहरु संबोधन हुने देखीए पछि ताला खुल्लेको हो । यो क्याम्पसमा धेरै ठुलो कुरा भने होईन । बर्षको करीब ६ महिला ताला लागेन क्याम्पस भएकोले बिद्यार्थीहरको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!