पोखराको हरिचोकमा हुने अस्तब्यस्त पार्किङ अब ब्यवस्थित हुने

Posted on: 11 May, 2016

शिव न्यौपाने/बैशाख २९, पोखरा । पोखराको हरिचोकमा हुने अस्तब्यस्त पार्किङ अब ब्यवस्थित हुने भएको छ । क्षेत्रफल थोरै तर गाडिको संख्या धेरै भएकाले अब मार्किङ गरेरै सवारी पार्किङको व्यवस्था गरिने भएको हो ।

ट्राफिक प्रहरि पोष्ट बगरका प्रमुख राजेन्द्र कार्किले हरिचोकमा अब मार्किङ गर्ने र त्यहाँ पार्किङको लागी समस्या भए यातायात ब्यवसायीसँग सल्लाह गरेर जग्गा भाडामा लिगेरै भएपनि पार्किङका लागी सहज वाताबरण गराउने बताए ।

‘एरिया सानो छ तर विभिन्न स्थानबाट आउने बस र जिप त्यहाँ पार्किङ गर्दा समस्या झन् बढ्दै गएको छ’ उनले भने ‘अब त्यस क्षेत्रमा सवारी पार्किङ गर्नुपर्ने यातायात ब्यवसायीलाई जग्गा भाडामा लिन पठाएरै भएपनि हामि पार्किङ व्यवस्थित गर्नेछौ ।’

हरिचोकबाट हेम्जा, लाचोक, लुम्ले, धिताल लगायतका स्थानमा गाडि छुट्ने गर्दछन् । र ति सबै गाडि हरिचोकमा पार्किङ गर्दा त्याहाँ पार्किङको समस्या हुँदै आएको छ । यसका लागी यातायात ब्यवसायीसँग निरन्तर छलफल गरिरहेको कार्किले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!