निलगाईमार्न लागेको अवस्थामा कपिलवस्तुमा ५ जना पक्राउ

Posted on: 04 Dec, 2015

कमल बेल्बासे, मंसिर १८, कपिलवस्तु / कपिलबस्तुमा प्रहरीले निलगाई मार्न लागेको अवस्थामा ५ जनालाइ पक्राउ गरको छ । पकडी गाँउमा निलगाईलाई काट्न लागेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको ईलाकाप्रहरी कार्यालय बहादुरगंजका ईन्चार्ज प्रहरी नायबनिरिक्षक भिमसेन विष्टले बताउनुभयो ।

यसरी cowपक्राउ पर्नेहरुमा जिल्लाको शिवराजनगरपालिका वडा नं. १३ पकडी गाउंका समसाद भाट, सब्बीर बढई, ओरियन मुसलमान, पप्पु बढई र जुवेर बढई रहेका छन् ।

पक्राउ परेका ५ जनालाई सेक्टर बनकार्यालय जर्लैयामा बुझाईएको छ । पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान नियमअनुसार कारवाहीप्रक्रिया अघि बढाईने सेक्टर बनकार्यालय जर्लैयाकाप्रमुख अमरकान्तझाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!