देशकै ५ उत्कृष्ट कर्मचारीमा छनौट डोरविक्रम श्रीस

Posted on: 22 Dec, 2016

प्रेम सुनार/पुस ७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास, खानीगाउँमा रहेको शिद्धवावा उच्च माध्यामिक विद्यालयका प्राचार्य डोरविक्रम श्रीस् काठमाण्डौंको  एक संस्थाद्धारा गरिएको सर्वेक्षणमा  देशभरबाट  ५ उत्कृष्ट कर्मचारीका रुपमा  छनौट भएका छन् । 

काठमाण्डौंको  ईन्टीग्रेटी आईडल नामक संस्थाले देशभरका सरकारी शिक्षक, कर्मचारी मध्ये २०१६ सर्वोत्कृष्ट छनौट गर्ने क्रमको भोटिङ्ग राउण्ड सम्म आई पुग्दा  प्राचार्य श्रीस पाँच उत्कृष्ट शिक्षक–कर्माचारीका रुपमा छनौट भएका हुन् ।  अव सर्वोत्कृष्ट छनौटमा सफलता हाँसिल गर्नका लागि भने श्रीस्ले  उत्कृष्ट पाँच जना विचमा भोटिङ्गको सामना गर्नु पर्ने छ । 

उनि सहित ५ उत्कृष्टमा परेका छन् पुनरनिर्माण तथा प्राधिकरण विभागका उप–सचिव भिष्मकुमार भुसाल, जुम्लाकी महिला तथा वालवालिका कार्यालयकी कर्मचारी विन्दु कुँवर, भक्तपुरमा रहेको बागेश्वरी उच्च माध्यामिक विद्यालयका शिक्षक कृष्णप्रसाद धान्छा र भोजपुर  स्वास्थ्य चौकीका हेल्थ असिस्टेन तारा सुवेदी । 

आज साँझ  ६ वजेबाट उनिहरु विचमा शुभेच्छुक भोटरले  भोटिङ्ग सुरु गर्न सक्ने छन् । ईन्टरनेटमा भोटिङ्ग गर्न सोही संस्थाको नाम टाईप गरे प्रकृया बताईने छ ।   सवै भन्दा सजिलो  मोवाईलको म्यासेज बक्स मार्फत हुने छ । 

गुल्मीका प्रचार्य श्रीस्लाई सर्वात्कृष्ट बनाउनका  लागि मोवाईलको म्यासेज बक्समा गई अग्रेजीमा आईआईएन टाईप गरी स्पेश दिई ०३ लेखेर ३४००१ मा सेन्ट गर्नु पर्ने छ । 

छनौट प्रकृयाको विभिन्न चरण पार गर्दै र देशभरका ११ हजार भन्दा बढि सहभागिलाई पछि पार्दै ५ उत्कृष्टमा छनौट भएका श्रीस् यस अघि पनि विभिन्न संघ संस्थाबाट विभिन्न उत्कृष्ट कार्य गरे वापत पुरस्कृत  र सम्मानित भएका थिए ।

गुल्मीका सरकारी विद्यालयलाई  वोर्डिङ्ग स्कुल संग प्रतिस्पर्धा  गर्ने अभियान त्यस विद्यालयबाटै सुरु गरेका श्रीस्ले  शिद्धवावाको  शैक्षिक वातवरण र स्तरलाई   ठुला शहरका महँङ्गा वोर्डिङ्ग स्कुल संग  दाज्नु पर्ने  स्तरको बनाृउन सफल भएका छन् । 

 भद्र र  मृदभाषी श्रीस् त्यस विद्यालयमा मात्र होईन जिल्लाको शैक्षिक विकासमा समेत आफ्नो अनुभव  एक अर्को संग बाँडेर टेवा पुराउँदै आएका  व्यक्ति हुन् । 

गत वर्ष सोही संस्थाले उत्कृष्ट ५ औं स्थानमा पुराएर यहि गुल्मीका जनताले वाहिरी जिल्लावासी यहाँका तत्कालिन सिडियो प्रदिपराज कँडेललाई त भोटिङ्ग गरेर सर्वोत्कृष्ट कर्मचारी बनाएका थिए भने झन  जिल्लावासी श्रीस्लाई जिताएरै छाड्ने छन् भन्ने कुरामा अपेक्षा राख्न सकिन्छ । 

त्यसका लागि विशेषतः जिल्लाका प्रत्येक विद्यालयका  विद्यार्थी र शिक्षक , कर्मचारी वर्ग , आम सर्वसाधरले भोट हाल्न अल्छी गर्न हुने छैन् । एक व्यक्तिले एक पटक मात्रै भोट हाल्न पाउने  व्यवस्था भए पनि दुई वटा मोवाईल प्रयोगकर्ताले अर्को मोवाईलबाट पनि भोट हाल्न पाउने छन् । 

भोट सहि ठाउँमा पुगे नपुगेको कुरा उताबाट प्राप्त म्यासेज मार्फत थाह पाईने छ । तम्घासकै स्थाई वासीन्दा  प्रार्चाय श्रीसले सम्पुर्ण गुल्मेली सहित विशेषतः पश्चिम नेपालमा अभियानै चलाई दिन र  देश विदेशमा रहेका सम्पुर्ण शुभेच्छुकहरुलाई भोटिङ्ग गरी दिन अपिल गरेका छन । 

भई सम्मानित भई सकेकोले यसपाली पनि उहाँका सुभेच्छुकहरुले त्यो स्थानमा पुराउने कुरामा  विश्वस्त रहेको श्रीसले बताउँदै भोटिङ्ग अभियानलाई तिव्र पारी दिन सवै संग अपिल गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!