डडेल्धुराका झण्डै ६ सय शिक्षकहरुले गत आर्थिक बर्षमा सम्पत्ति विवरण बुझाएनन

Posted on: 22 Dec, 2016

धु्रब बिष्ट / ७ पुष डडेल्धुरा  । गत आर्थिक बर्षमा डडेल्धुरा जिल्लाका झण्डै ६ सय शिक्षकहरुले सम्पत्ति विवरण बुझाएका छैनन । विद्यालय शिक्षक किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाका अनुसार डडेल्धुरा जिल्लाका पाँच सय ८६ शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन । उनका अनुसार निर्धारित समय गत भदौ मसान्तसम्म सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी डडेल्धुराका शिक्षकहरु रहेका हुन । सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार जरिवाना गर्दछ । उनले सम्पत्ति विवरण बुझाउने–नबुझाउनेको सूची राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइसकिएको समेत उल्लेख गरेका छन ।

देशैभर गत आर्थिक बर्षमा विद्यालय शिक्षक किताबखानाका महानिर्देशक ढुङ्गानाका अनुसार ७२ हजार ५३९ शिक्षकले सम्पत्ति विवरण बुझाएका छन । १० हजारभन्दा बढी शिक्षकले भने सम्पत्ति विवरण बुझाएका छैनन । कुल शिक्षक ८२ हजार ६९८ मध्ये १० हजार १५९ शिक्षकले सम्पत्ति विवरण नबुझाएका हुन । सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा कम मनाङका १४ शिक्षक छन । गत वर्ष भने ७२ हजार चार शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!