कारागार कार्यालय रौतहटकि कैदीले आफ्नो छोरी संस्थालाई जिम्मा लगाईन

Posted on: 22 Dec, 2016

अभिमनु कुमार पटेल | पुस ७, गौर । हाल कैदी जीवन विताईरहेकी रौतहट पिपरा पोखरीया वडा नं ३ कि शोभा देवी यादव तथा पि.ए.नेपाल काठमाडौं बिच द्विपक्षीय सम्झौतामा यादवकी ३ वर्षीय छोरी शुशिला कुमारी यादवलाई उक्त संस्थाकी अध्यक्ष इन्द्रिरा राना मगर समक्ष जिम्मा लगाएकी छिन् ।

कैदी यादवले ज्यान मुद्धामा करिब ३ सालदेखि कैद जीवन विताइरहेकी छिन् । यादव गर्भावस्थामै आफ्नो सासु-आमाको हत्याको आरोपमा पक्राउ परेकी थिइन । यादवलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद गरिसके पश्चात हालसम्म ३ वर्ष कैद बिताई सकेकी यादवको श्रीमानले कुनै प्रकारको अंश हकबाट सहयोग नगरेको र कैदी यादवका आफन्त जनहरुले पनि कुनै किसिमका सहयोग नगरेको पिडित कैदीले बताएकी छिन ।

संस्थाकी अध्यक्ष इन्द्रिरा राना मगरले पालन, शिक्षा सहितका लागि रौतहट कारागारका जेलर विष्णु रन्जन बराल , तथा कारागार सुरक्षा गार्डका प्र.ना.नी किशोरी प्रसाद यादव , चौकीदार रामजी यादव समेतको रोहवरमा पत्र सहित अध्यक्ष राना समक्ष कैदीकि छोरीलाई जिम्मा लगाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!