डडेल्धुरामा पनि अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन

Posted on: 23 Dec, 2016

ललित बोहरा / ८ पुष  डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शुक्रबार देखि दोस्रो चरणको ६ दिने अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश अनुशिक्षण घुम्ति प्रशिक्षण तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौको आयोजनामा प्रहरी हवल्दार र प्रहरी जवानहरुलाई लक्षित गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण बिषेश तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम शाहिले जानकारी दिएका छन । समाजमा शान्ति सुव्यवस्था एवम अमनचयन कायम राख्ने दायित्व बोकेको प्रहरी संगठनका अधिकृत तथा जवानहरुलाई बदलिदो परिपे्रक्षमा समाजमा बढ्दै गईरहेको बिभिन्न प्रकृतिका अपराधीक कार्यहरुलाई समयमै प्रभावकारी ढङ्गबाट रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सु–ब्यवस्था एवम अमन–चयन कायम गर्न आवश्यक पर्ने व्यवसायीक सैद्धान्तीक ज्ञान सिप तथा कौशलता प्रदान गरी अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यलाई बढी भन्दा बढी रुपमा प्रभावकारी बनाउनको लागी तालिम दिइन लागेको प्रहरी नायव उपरिक्षक शाहिले बताएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सभाहलमा सञ्चालित तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीद्धारा उद्धाटन गरिएको थियो । पुष १३ गते सम्म सञ्चालन हुने तालिममा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतका ५ जना प्रहरी हवल्दार र २१ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समावेश गरीएको छ । यस अघि कार्तिक ७ गते देखी सञ्चालित पहिलो चरणको अनुशिक्षण तालिम कार्तिक १२ गते सम्पन्न भएको थियो । उक्त तालिममा ७ जना प्रहरी हवल्दार १९ जना प्रहरी जवान गरि २६ जना प्रहरीलाई समाबेश गराईएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!