डडेल्धुराको समैजी गाबिस शनीबार ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा ( फोटो फिचर सहित)

Posted on: 24 Dec, 2016

ललित बोहरा । पुष ९ डडेल्धुरा । डडेल्धुराको समैजी गाबिसलाई शनिबार एक भब्य कार्यक्रमका बीच ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको छ । समैजी गाविसका सबै वडाहरु वालविवाह मुक्त वडा घोषणा भइसकेपछि एक भब्य सास्कृतिक कार्यक्रमका बीच डडेल्धुरा जिल्ला अदालतका न्यायाधिश देवराज गिरीले वालविवाह मुक्त गाबिस घोषणा गरेका हुन । गिरीले घोषणा पत्र प्रस्तुत गरि वालविवाह मुक्त गाबिस घोषणा गरेका थिए । केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका कारण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले गाबिसलाई ७ नम्बर प्रदेशकै पहिलो वालविवाह मुक्त गाबिस घोषणा गरिएको गाबिस सचिव पुष्पराज जोशीले जानकारी दिएका छन । वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सङ्कलनजस्ता कार्यक्रमहरु गाबिसभर यस अघि नै सम्पन्न गरिसकेको गाबिस प्राविधिक रतन बहादुर ऐरले बताएका छन ।  बालकल्याण माध्यमिक बिद्यालय पुईलेकमा आयोजित घोषणा समारोहमा बिभिन्न सास्कृतिक कार्यक्रमका साथै बिभिन्न जनचेतनामूलक नाटकहरु समेत प्रर्दशन गरिएका थिए । तर उता अछामका एक जना पत्रकारका अनुसार पहिलो गाबिसको रुपमा अछामको एक गाबिस भईसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!