गुल्मीको लक्ष्मीपुर माविमा स्वर्णमहोत्सव सुरु

Posted on: 25 Dec, 2016

प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणिज्य राज्य मन्त्री सुर्वण ज्वारचन कान्छी दिदीले गर्नु भएको भव्य समारोहका विच गर्नु भएको थियो ।

कार्यक्रमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधी , राजनैतिक दल र संघ संस्थाका व्यक्तिहरुको विशेष आतिथ्यता रहेको थियो । स्वर्ण महोत्सवका अतिथीहरुलाई सम्वोधन गर्दै त्यस विद्यालयका प्रधानध्यापक रामप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक ओमबहादुर कुँवरको अध्यक्षतामा चलिरहेको कार्यक्रममा शिक्षक गुरुदेव कुँवरको सञ्चालन रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!