भीरबाट खसेर ज्यान गयो

Posted on: 25 Dec, 2016

पर्वत ः पर्वत सदरमुकाम कुश्मा बजारमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

पर्वतकै लिमिठाना गाविस वडा नं. ३ घर भई हाल सदरमुकाम कुश्मा नगरपालिका वडा नं. ९ मा बस्दै आएका अन्दाजी ३० बर्षिय कृष्ण परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । सदरमुकाममै ज्यामी काम गर्दै आएका परियार कुश्मा नगरपालिका वडा नं. ९ भण्डारी टोल नजिकै रहेको गुहेखोलाको डीलबाट झण्डै दुई सय मिटर तल खसेका थिए । घट्नाको खबर पाए लगत्तै प्रहरीले उनलाई भिरमा अड्कीएको अवस्थामा उद्धार गरेको भएपनि जिल्ला अस्पताल पर्वतमा पु¥याए लगत्तै उनको ज्यान गएको हो ।

परियारको शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घट्नाको बिषयमा अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!