संविधानले अझै पूर्ण सूचनाको प्रत्याभूति गराउन सकेन : प्रमुख आयुक्त

Posted on: 25 Dec, 2016

पुस १०, रामेछाप । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले नेपालकाे संविधानले अझै नागरिकलाई पूर्ण सूचनाको प्रत्याभूति गराउन नसकेको बताउनुभएकाे छ ।सदरमुकाम मन्थलीमा सराेकारवाला निकायसँगकाे अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्त वास्कोटाले सो कुरा बताउनुभएकाे हाे ।

अहिलेकाे संविधानमा सूचना माग्ने र दिने कुरा उल्लेख भए पनि सूचना प्राह गर्ने कुरा उल्लेख नभएको उहाँले बताउनुभयाे ।  नागरिकलाई एकातिर सूचना दिने कुरा संविधानले गरेको भए पनि अर्काेतिर गोप्य सूचना दिन वाध्य नहुने कुरा उल्लेख गरेर नागरिकको सूचनाको अधिकार संवैधानिक रुपमा नै खोसिएकाे उहाँले बताउनुभयाे ।

नेपालमा केही अर्धन्यायिक निकायका अनुसन्धाका क्रममा रहेका विषय बाहेक जिल्लामा गोप्य राख्ने सूचना केही नहुन भएकोले कुनै पनि वहानामा सूचना नलुकाउन उहाँले कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयाे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!