सुदुरपश्चिमभर चिसो बढ्यो, जनजीवन कष्टकर

Posted on: 25 Dec, 2016

ललित बोहरा । पुष १० डडेल्धुरा ।  आइतबार डडेल्धुरा लगायत सुदुरपश्चिमका पहाडी, हिमाली तथा तराइका जिल्लाहरुमा चिसो बढेको छ । पछिल्ला केहि दिन यता सुदूरपश्चिमका सबैजसो जिल्लाहरुमा चिसो अत्यन्तै बढेको स्थानियहरुको भनाई छ । बिहान–बेलुका अत्याधिक चिसोका कारण सर्वसाधारणहरुको दैनिक क्रियाकलापमा समेत समस्या भएको छ । चिसो बढे सँगै गरिखाने बर्ग लगायत सर्वसाधारणहरुको जनजिबन प्रभाबित बन्दै गएको छ । चिसोका कारण बढी जसो यस क्षेत्रका बालबालिका तथा वृद्धहरुलाई समस्या परेको छ । चिसोले हुने सक्रमण समेत बढ्न थालेको अधिकांस चिकित्सकहरुको भनाई छ । चिसोका कारण निमोनिया, रुघाखोकी लगायत बिभिन्न सक्रमणहरु देखिन थालेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ । यो समयमा चिसोबाट बच्न न्यानो लुगा कपडा लगाउनुका साथै तातो झोलिलो पदार्थ बढी मात्रामा सेवन गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । यो समयमा बढी जसो बच्चा तथा बृद्धबृद्धाहरुको स्वास्थ्यको ख्याल गर्न जरुरी देखिन्छ ।

यस्तै उता बाजुरालगायत हिमाली जिल्लाहरुमा पानी परेसँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिमका हिमाली क्षेत्रमा बिहीबार बेलुकीदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर भएको हो । पानी परेपछि कृषक भने खुसी भएका छन् । हिमपातले बाजुराका दुर्गम गाविसबाट सदरमुकाम आउने नागरिकहरु बिचबाटोमा अलपत्र परेका छन । हिमपातका कारण जिल्लाकै उच्च क्षेत्रमा रहेका विच्छ्याँ, दहकोट, पाण्डुसैन, मानाकोट, मार्तडी लगायतका दर्जन बढी गाविसमा हिमपात परेपछि जनजीवन प्रभावित भएको हो । पाण्डुसैन र मार्तडीको बिचमा पर्ने पोरखे लेखमा भारी हिमपात भएपछि सदरमुकामदेखि उत्तरी भेगमा पर्ने बजार र एरपोट बजारमा दैनिक उपभोग्य सामान र खाद्यान्न बोक्ने खच्चड र मान्छेकोे आवत जावत समेत बन्द भएको स्थानीयबासी दलसिंह रोकायाले बताउनुभयो । यस्तै लामो समयदेखि पानी नपरेका कारण बाली बिग्रन लागेका बेला पानी परेपछि कृषक भने खुसी भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!