अग्निपिडितलाई सिंगापुरबाट सहयोग, प्रवासमा राहत संकलन तिब्र

Posted on: 26 Dec, 2016

अमृत बास्तोला/पुस ११, तेह्रथुम । तेह्रथुमको ऐतिहासिक क्षेत्र आठराई संक्रान्तिबजारका अग्निपिडितहरुलाई सोमबार सिंगापुरबाट राहत रकम उपलब्ध भएको छ । 

संक्रान्तिबजार—२, खेलपुर घर भई हाल सिंगापुर निवासी समाजसेवी मनकुमारी फोम्बो मार्पmत ९५ हजार  सहयोग प्राप्त भएको छ । १३ वर्ष अघि देखि सिंगापुर बस्तै आउनु भएको मनकुमारी बाट ५० हजार र अन्य सहयोगी साथीहरुबाट ४५ हजार संकलन गरेर अग्निपिडितहरुलाई सहयोग उपलब्ध गराइएको हो । 

संक्रान्तिबजार स्थित इलाका प्रशासन कार्यालयको प्रङगणमा एक कार्यक्रमको आयोजना गरिे समाजसेवी फोम्बोका बुबा तिलप्रसाद फोम्बो र आमा गोमादेवि फोम्बोले संक्रान्तिबजार अग्निपिडित राहत वितरण समितिका संयोजक तथा इलाका प्रशासनका प्रशासक सफल पोर्तेल, उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेल र अग्निपिडितका प्रतिनिधि दिपेश सिटौलालाई सो सहयोग रकम संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको हो । सिंगापुरमा प्रवासी नेपालीहरुको समूहबाट अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन भइरहोको समाजसेवी मनकुमारीले जानकारी दिनु भयो । 

उत्ता इजरालमा पाथिभरा मिडिया ग्रुपले पनि अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन गरेको छ । मिडिया ग्रुपले चलाएको अभियानबाट १ लाख भन्दा बढी रकम संकलन भईसकेको इजरायलबाट समाजसेवी देव बास्कोटाले जानकारी दिनु भएको छ । 

त्यस्तै गरी प्रवासी नेपालीहरुबाट कोरियामा पनि “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना”का लागि राहत संकलन अभियान संचालन भएको कोरियाबाट रामप्रसाद उप्रेतीले जानकारी दिनु भएको छ । प्रवासी नेपलीहरुबाट विभिन्न देशमा अग्निपिडितहरुको लागि राहत संकलन अभियान संचालन भईरहेको बताइएको छ । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!