आपतकालिन अवस्थामा मूल्यबृद्धि नर्गन आग्रह

Posted on: 27 Dec, 2016

अमृत बास्तोला/पुस १२, तेह्रथुम । आपतकालिन अवस्थामा कुनै पनि दैनिक उपभोग्य लगाय अन्य सामनको मूल्य बृद्धि नर्गन उद्योग वाणिज्य संघ संक्रान्तिबजारले व्यावसायिहरुलाई अपिल गरेको छ । 

गत पुस १ गते संक्रान्तिबजारमा भएको भिषण आगिलागी पछि हुन सक्ने सम्भावित कालोबजारी र मूल्य बृद्धिलाई पूर्व नियन्त्रणका लागि मंगलबार बसेको संघको बैठकले उक्त निर्णय गरी अपिल गरेको उद्योग वाणिज्य संघ संक्रान्तिबारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । 

त्यस्तै बैठकले संक्रान्तिबजार र संघको क्षेत्राधिकार भित्र सामन विक्रि गर्ने उद्योग, होलसेल बिक्रेता लगायतका उद्योगी व्यापारीहरुलाई अग्निपिडितलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ । आगलागीबाट विभिन्न व्यावसाय संचालन गर्ने ४३ पसल सहित ३२ घर खरानीहुदाँ १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!