आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता सुबेदिलाई सहयोग

Posted on: 28 Dec, 2016

समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्त्रण गरिएको हो । बिभिन्न सहयोग दाताहरुबाट संकलित नगद र बच्चाको लागि बिभिन्न खाद्यय सामान सहित कुल ११ हजार ५ सय ५५ रुपैया हस्तान्त्रण गरिएको हो । सोहि अबसरमा भर्खर मात्र कुश्मा नगरपालिकामा कार्यकारी प्रमुखको रुपमा आउनु भएका नबआगन्तुक कुमानसिंग गुरुङ्गलाई संथाले स्वागत समेत गरेको थियो ।


सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका कार्यकारी प्रमुख कुमानसिंग गुरुङ्गले युवाहरुले गरेको कामको उच्च प्रशंसा गर्दै आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता लक्ष्मण सुवेदीलाई सहयोग गर्नेहरु प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । संस्थाले समाज सुधारमा धेरै काम गर्देै आएको र दिन दुखीहरुको लागि सहयोगि हातहरु खोजी सहयोग गर्ने संस्था रहेकोले आफु समेत यसबाट प्रभाबित भएको बताउनुभयो । उहाँले आगामि दिनमा पर्यटकिय सुचना केन्द्र संग सहकार्य गरेर नगरपालिका पनि अगाढि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।


सस्थाका अध्यक्ष थमनारायण पौडेलकोे अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत सिसेफ महिला समुहकी अध्यक्ष सरस्वाती वस्नेतले गर्नुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सल्लाहाकार यज्ञ प्रसाद शर्मा, एकता युबा क्लबका अध्यक्ष अच्युत तिबारी, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम संचालन सिसेफ नेपालका उपाध्यक्ष  कामना रेग्मीले गर्नुभएको थियो । सस्थाले बिगतका बर्षहरु देखिनै असहाय, गरिब तथा बिभिन्न सेबाहरु बाट बञ्चीत भएकाहरुलाई सहयोगि हातहरुको खोजि गरि काम गर्दै आएको छ ।


सहयोग गर्ने हरुमा संस्थाका अध्यक्ष थमनारायण पौडेल २ हजार ५५ रुपैया प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जून निर्जन पौडेल २ हजार रुपैया, समाजसेबी राजकुमार बस्नेत २ हजार रुपैया, सिसेफ नेपालका सल्लाहाकार सुबर्ण अर्याल २ हजार रुपैया, समाजसेबि रामचन्द्र सुबेदि १ हजार रुपैया र पारिबारीक होटलबाट २ हजार ५ सय रुपैया सहयोग रकम संकलन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!