जन ज्योती उच्च माविमा वाल भेला सम्पन

Posted on: 28 Dec, 2016

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा आज वाल भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर गुरुङले वालवालिकाहरुको अधिकार स्थापितका लागी घरपरिवार समाज , विद्यालय र राज्यका अन्य निकायहरुसमेत जिम्मेवार रहनुपर्ने र वाल वालिकाहरुलाई वाल मैत्री वातवरणमा विद्यालयमा शिक्षा दिनुपर्ने कुरामा जोड दिए ।

सोही अवसरमा भेलाले विद्यालयमा अध्ययनरत संगिता सुनारको संयोजकत्वमा ११ सदस्याया समिती समेत गठन गरेको छ । जसको उपाध्याक्षमा अन्जु सुनार ,सचिवमा मुस्कान कुवंर सहसचिवमा शान्ती सुनार र सदस्यहरुमा सन्जय कुवर ,विनय आचार्य ,पुनम रिजल ,आरती गुरुङ,माया सुवेदी र प्रनिशा रोका रहेका छन् । 

जन ज्योती माविमा स्थापना भएको वाल क्लवले विद्यालयमा रहेका अन्य वालवालिकाहरुको वाल अधिकारको क्षेत्रमा सहयोग पुग्ने  र वाल क्लवहरुलाई अन्य क्षेत्र वाट समेत सहयोग पुग्ने विद्यालयका प्राचार्य वासुदेव शर्माले जानकारी दिए ।

 विद्यालयका वाल संयोजक शिक्षक शान्त व. नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कुल प्रसाद शर्माले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक झम वहादुर थापाले गरेका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!