जन ज्योतीमा विद्यालय समिति गठन गुरुङले स्थापना गरे २लाख ५५ हजारको अक्षेयकोष

Posted on: 29 Dec, 2016

डिवी रसाईली पर्वत पौष १४

पर्वतको ठानामौला गाविसमा रहेको श्री जन ज्योती उच्च माध्यामिक विद्यालयमा बुधवार विद्यालय व्यवस्थापन समिति गठनका लागी अभिभावकहरुको भेला सम्पन भएको छ । भेलामा वोल्दै प्रमुख अतिथी विद्यालयका श्रोत व्याक्ति थानेश्वर घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुण्स्तरका लागी सवै आभिभावक र शिक्षकहरु जिम्मेवारीका साथ लाग्नु पर्नेकुरामा जोड दिनुभयो । भेलामा उहाले विद्यालयको उन्नतीका लागी विद्यालय व्यवस्थापन समितीको मात्र जिम्मेवारी नभै सवै अभिभावको जिम्मेवारी रहेको मा सवैले सहयोग गर्नुपर्ने मा जोड दिनुभयो । कार्यक्रमका विषिष्ट अतिथि गाविस सचिव कृष्ण प्रसाद पौडेलले विद्यालयको हरेक विकासका लागी गाविसवाट निरन्तर सहयोग रहेको र आगामाी दिनमा पनी आवश्यकताको आधारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रमममा नेपाली कांग्रेसका हेमराज कुवर, नेकपा एमालेका केश व. घले नेकपा माओवादी केन्द्रका विष्णु प्रसाद सुवेदी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जित वहादुर गुरुङ,रोशन गुरुङ र दर्शन सिङ घलेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्पन्न भेलाले ४ सदस्यीय विद्यालयमा ब्यवस्थापन समिति समेत गठन गरेको छ जसको सदस्यमा मेघराज शर्मा , मिम व. कुवर, राम कुमारी गुरुङ र संगिता विक रहनु भएको छ सोही अवसरमा शिव व. कुवरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

भेलाकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जित वहादुर गुरुङले विद्यालयको शैक्षिक गुणस्तरका लागी २ लाख ५५ हजार ४ सय रुपैयाको अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयका प्राचार्य वासुदेव शर्माले जानकारी दिनुभयो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेघराज शर्माको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्वागत मन्तव्य विद्यालयका प्राचार्य वासुदेव शर्माले राख्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक शान्त व नेपाली गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!