भाङ खाएका तिन महिला सहित एकै परिवारका पाँच जना अचेत

Posted on: 29 Dec, 2016


प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् ।

मुसिकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए पछि अहिले साँझ पख जिल्ला तम्घासमा ल्याईएको छ ।

जिल्ला अस्पतालको एमर्जेन्सी कक्षमा भर्ना गरिएका अर्ध अचेत परियारकी  जेठी बुहारी २३ वर्षिया सावित्रा, १८ वर्षिष पुष्पा र अस्मीता , १६ वर्षिय छोरा बुद्ध  र १२ वर्षिया छोरी अस्मीता रहेका छन् ।

हिजो साँझ मुसिकोट देउरालीको एक किराना पसलबाट पाँच किलो आटा  किनेर ल्याएका उनिहरुले आज विहानको खाजा  रोटी बनाएर भाङको गेडा, सिध्रा र लोकल टमाटरको अचार संग  खाएका थिए ।

जिल्ला अस्पतालको शैयामा अर्ध अचेत अवस्थामा लडेका तिन वटै वुहारी र एक छोरा एक छोरीलाई देखाउँदै रामबहादुर परियारकी श्रीमति अनिताले भनिन –‘  भाङ मिसाएको चटनी त हामीले सधै खाँदै आएका थियौ , त्यसले नभएर हिजो किनेको आटा नै खराव भएर यस्तो भएको हामीलाई शंका लागेको छ । ’

विहान ९ वजे देखि पाँचै जना बेहोस भएर ढलेका उनिहरुलाई स्थानिय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उनिहरुको उपचार सम्भव नभए पछि जिल्ला अस्पताल तम्घास ल्याउनु परेको त्यस परिवारले जनाएको छ ।

जिल्ला अस्पतालमा ल्याई औषधी उपचार गर्नु सुरु गरे पछि केहि जना सुस्त सास फेर्दै बोल्न थालेका छन् । उनिहरुको जिल्ला अस्पतालमै उपचार सम्भव भएको सिर्जना पौड्यालले बताईन् । प्रारिम्भक चरणमा भाङ मिसाएको चटनीका कारण उनिहरु बेहोस् भएको होकी भन्ने अनुमान गरिए पनि थप कुरा परिक्षणबाट मात्रै पत्ता लाग्ने डाक्टर पौड्यालको भनाई थियो ।

स्थानिय युवा विष्णु परियारले पनि गाउँमा भाङको चट्नी सवैले सधै जसो खाने र अहिले सम्म कसैलाई केहि नभएको भन्दै आटा कि त म्याद सकिएको हुन सक्ने यात कुनै विषालु पदार्थ भुलवस मिसिएको हुन सक्ने आशंका लागेको बताए । यस विषयमा थप कुराको अनुसन्धान गर्न जिल्ला वजार अनुगमन समितिको चासो जानु पर्ने स्थानियको माग रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!