गौरमा बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क शिविर हुने

Posted on: 29 Dec, 2016

अभिमनु कुमार पटेल | पुस १४, रौतहट ।  १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ ।

साना तथा बालवालिकाहरुमा विभिन्न किसिमका रोगहरु देखा परेकोले यही पौस २३ गतेका दिन बिहान ११ बजे देखि बेलुकी ४ बजे सम्म गौर न.पा. वार्ड नं ८ मा अवस्थित बाल मन्दिरको प्राङ्गणमा हुने छ ।

 निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा चेकजाच गर्न आउने नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा.प्रविण कुमार सिंह द्धारा हुन गइरहेकोले जिल्लाका वालवालिकाहरु लाई चेकजाच गराई विभिन्न रोगबाट मुक्त बनाउनका लागि शिविर संचालन गरिएको छ ।

निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा पुर्जा समेतको कुनै पैसा समेत नलागने र केही रोगका औषधी समेत निःशुल्क वितरण गरिने छ । शिविर संचालक आयोजक सित केही औषधी उपलब्ध नहुन पनि सक्छ । यो स्वास्थ्य शिविरमा गरिब, दलित, असहाय परिवारका रोगी बाल वालिका तथा नवजता शिशुहरुलाई राम्रो सेवाको सुविधा गरिने छ । 

निःशुल्क बालवालिका स्वास्थ्य शिविर आयोजना युवा समाजसेवी भाई नविन कुमार सिंह र रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको संयुक्त समन्व्यमा हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!