दुइ सातामै २ लाख भन्दा बढी भेटी संकलन

Posted on: 30 Dec, 2016

पर्वत १५ पौष ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित बाग्लुङ कालिका भगवतीको मन्दिरमा पौष महिनामो पहिलो दुइ सातामानै २ लाख भन्दा बढी भेटी संकलन भएको छ  । पौष महिनाको पहिलो साथमा १ लाख १७ हजार ५ सय ४२ रुपैयाँ भेटी संकलन भएकोमा दास्रो सातामा १ लाख २९ हजार ४५ रुपैयाँ संकलन भएको कालिका भगवती गुठि संस्थानका अध्यक्ष राजु खड्काले जानकारी दिए उनका अनुसार यो यो पहिलो सातकोे बिवरण अनुसार १ गते ७ हजार ६ सय ९५ रुपैयां, २ गते ४२ हजार ५२ रुपैयां, ३ गते ७ हजार ५० रुपैयां, ४ गते ७ हजार १ सय ८० रुपैयां, ५ गते २८ हजार ७ सय ८५ रुपैयां, ६ गते ११ हजार ३ सय ३० रुपैयां तथा ७ गते १३ हजार ४ सय ५० रुपैयां जम्मा भएको छ । 


त्यसैगरी दोस्रो सातामा ८ गते १४ हजार ९ सय ७५ रुपैयां, ९ गते ३० हजार ७ सय २० रुपैयां, १० गते १० हजार २५ रुपैयां, ११ गते १३ हजार ५ सय ६० रुपैयां, १२ गते ३८ हजार ६ सय ३५ रुपैयां, १३ गते ९ हजार ६ सय ५० रुपैयां तथा १४ गते ११ हजार ४ सय ८० रुपैयां जम्मा भएको छ ।


कालिका भगवती मन्दिरमा पहिले टेन्टरको माध्यमबाट सवै जिम्मा ठेकेदारलाई दिइने गरेकोमा पछिल्लो समयमा गुठि संस्थाले आफै आर्थिक जिम्मेवारी लिर्दै आएको छ । संस्थाले जिम्मेवारी लिएदेखि मन्दिर परिसरको आवश्यक भौतिक पूर्वधारको निर्माण तथा व्यवस्थापन लगाएतका कामहरु तिब्र रुपमा भैराखका छन् भने संस्थाको आयव्यय पनि मासिक रुपमा सार्वजानिकरण गरि पारदर्शीता हुदै आएको छ । 


मन्दिरको सम्पूर्ण जिम्मा गुठी संस्थान आफैले लिएदेखि मन्दिरको विकासले तिब्रता पाएको छ । संस्थाले मन्दिरमा तामाको छानो हाल्ने देखि लिएर कर्मचारी परिचालन गरी दैनिक पूजा गर्न जाने भक्तजनहरुलाई व्यवस्थापन गर्न समेत लागि परेको छ । मन्दिर पसिरमा अहिले संस्थाले खानेपानी तथा भक्तजनको व्यवस्थानमा निकै सक्रियता देखाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!