चिसो बढेसँगै डडेल्धुराका अस्पतालहरुमा बिरामीको संख्या बढ्दै

Posted on: 30 Dec, 2016

सीता महता । डडेल्धुरा पौष १५ । चिसो बढेसँगै डडेल्धुराका अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । दिनहुँ चिसो बढ्न थालेपछि मौसमी बिरामीको संख्या बढ्न थालेको हो । रुघाखोकी, निमोनिया, दमका बिरामी बढ्न थालेको अस्पताल श्रोतले जनाएको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । चिसोबाट खासगरी बालबालिका, महिला, दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर र किसानहरु बढी प्रभावित भएका छन । बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढेका छन । चिसोबाट बच्न ठाउँठाउँमा आगो बालेर ताप्नेहरू गाउँदेखि सहरसम्म देखिन्छन । यस्तै उता तराइतिर दिनभर चल्ने शीतलहर र हुस्सुका कारण सर्वसाधारण घरबाहिर निस्कन छाडेका छन । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु दिउँसो पनि नहट्दा सडकमा मोटरसाइकल ठेलागाडा, बैलगाडी, तीनपांगे्र रिक्सालगायत यातायातका साधन सञ्चालनमा कठिनाइ भएको चालकले बताएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!