प्रेस चौतारी नेपाल शाखा डडेल्धुराद्धारा पाँच सदस्यीय सल्लाहकार समिति गठन

Posted on: 30 Dec, 2016

प्रकाश पार्की । पुष १५ डडेल्धुरा । प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराको शुक्रबार जिल्ला सदरमुकाम डडेल्धुरामा सम्पन्न बैठकले प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराका निवर्तमान अध्यक्ष मान बहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समित गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष छत्र साउद, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य नवराज भण्डारी, नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका निवर्तमान अध्यक्ष केशव बोहरा र प्रेस चौतारीका सदस्य नरेन्द्र रोकाया रहनु भएको छ । यसैगरि आजकै बैठकले घरफर्क अभियान अन्र्तगत प्रेस युनियन डडेल्धुराकी सदस्य रहेकी ममता भट्टलाई प्रेस चौतारीमा प्रवेश गराई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको प्रेस चौतारी नेपाल डडेल्धुराका सचिव हिक्मत बहादुर सिंहले जानकारी दिनु भएको छ । प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष उत्तर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले संगठनका गतिविधी तथा स्वच्छ, मर्यादित र व्यवसायिक पत्रकारिताका विषयमा समेत महत्वपूर्ण छलफल गरेको जनाईएको छ


यस बिषयमा तपाइको प्रतिक्रिया...!