गुल्मीमा अरुलाई गाउँ निकला गर्नेहरु आफै गाउँ छाडेर भागे

Posted on: 01 Jan, 2017

प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  दुई जना मुख्य व्यक्तिहरु यति वेला आफुहरु नै गाउँ छाडेर फरार भएका छन् ।

अर्वेनी–५ का  ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिया न्यौपाने थरकी एक महिलालाई पौंष १ गते विहान उनिहरुको घर भत्काउन लगाई गाउँ निकला गरेका ति महिलका भतिजा चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनिहरु विरुद्ध सार्वजानिक अपराधको मुद्धा पिडित पक्षले दर्ता गरेको एक हप्ता विति सक्दा पनि आरोपितहरुलाई किन पक्राउ गर्न सकिएको छैन् त ? भन्ने प्रश्नमा जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले ति दुवै जना गाउँमा नभई फरार रहेकोले पक्राउ गर्न नसकिएको बताए ।

दिनहुँ जसो कहिले वर्दिमा त कहिले सिविल पोषकमा प्रहरी त्यस गाउँमा तैनाथ गर्दा पनि उनिहरु फेला नपरेको उनले जानकारी दिए । गाविस कार्यालय सहायक जस्तो पदमा रहेर नियमित गर्नु पर्ने काम समेत नगरी गाउँबाट हिडेको बताईएका न्यौपाने वुटवल तर्फ लागेको बताईन्छ ।

आरोपित अर्का न्यौपाने पोखरा हुँदै काठमाण्डौमा रहेका आफ्ना ठुला मान्छेहरु संग बचाउको सोर्श–फोर्श लगाउन हिडेको स्थानियले बताउँदै आएका छन् ।

जाहेरी परेको दोश्रो तश्रो दिन उनिहरु गाउँमै रहेको स्थानियले बताए पनि प्रहरीले पक्राउ गर्न नसकेको पिडित पक्षको गुनासो छ । यस राष्ट्रिय स्तर सम्मका सञ्चार माध्यमले समेत सुरु देखि नै त्यस घटनालाई निरन्तर पछ्याई रहे पछि सरोकारवाला निकाय धेरैको ध्यानकृष्ट भएको छ ।

नेपाल राष्ट्रिय दलित आयोगको समेत ध्यानकृष्ट भए पछि आयोगबाट गोविन्द सुनार लगायतको टोलि अर्वेनी स्थित घटना स्थलमै पुगेर घटनाको सत्य तथ्य बुझिरहेको छ ।

उक्त टोलि सदरमुकाम तम्घासमा केहि वेर पछि फर्किने र यहाँका दलित अधिकारकर्मी सहित जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष न्यायका लागि ज्ञापनपत्र पठाउने कार्यक्रम रहेको अधिकारकर्मी कृष्ण सुनारले जानकारी दिए ।

सार्वजानिक अपराधको मुद्धा दायर भएको एक हप्ता विति सक्दा पनि उनिहरुलाई पक्राउ गर्न सहयोग गर्नुको साटो उनै आरोपितहरुलाई काँधमा बोकेर हिड्दै उक्त घटनालाई गाउँमै मिलाउनु पर्छ भन्दै र विज्ञप्तवाजी गर्दै हिडेका त्यस गाविका तिनवटै राजनैतिक दलका तिन वटै प्रमुखहरु प्रति यहाँका अधिकारकर्मीहरुले दुख व्यक्त  गरेका छन् ।

नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्माले जिम्मेवार राजनैतिक दलका प्रमुखहरुको त्यस्तो प्रबृद्धि विरुद्ध सडकमा दलितहरु उतार्न बाध्य हुने चेतावानी दिएका छन् । पिडित ति दलित बृद्ध र महिला सदरमुकाम आएर बसीरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!