मौसम परिर्वतनसँगै चिसो बढ्यो

Posted on: 01 Jan, 2017

पर्वत पौष  १७ गते  । भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भन्नुभयो, मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ ।

काठमाडौँको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ । हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हुँदै नेपालमा बहन्छ । 

जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताए ।  शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र     राजधानीमा ०.१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । 

पर्वतमा आइतबार साँझपख फाट्टफुट्ट पानी परेको छ । पानी परेपनि कृषकहरु हिउृ हिउँदै बालीलाई सिचाइ हुने भयो भनी खुसि भएता पनि पानी भने धेरै र लामो समयसम्म प्राप्त मात्रमा भने पर्न सकेन । पानी अलिअलि परेता पनि जिल्लामा सो सँगै चिसो बढेको छ ।  

यसैगरी, यता मनाङ र मुस्ताङमा भारी हिमपात भएको जिल्ला विकास समिति मुस्ताङकका इन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए । मुस्ताङमा भारी हिमपात भएको उनले जनानकारी दिए ।  यता  मनाङमा पनि भारी हिमपात परेको मनाङका कर्मचारी मुक्ति अधिकारले   जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!