रातो नम्बरको त्रास: मकवानपुरमा फोन उठाउन लागेकि महिला बेहोस, प्रहरी घटनास्थल पुग्दै

Posted on: 01 Jan, 2017

पुस १७, मकवानपुर | रातो नम्बर बाट फोन आएको कारण मकवानपुरको फापरबारीमा १ जना महिला बेहोस भएको खबर पाएपछि मकवानपुरबाट प्रहरी खटाइएको छ । बेहोस महिलाको अहिले मकवानपुर स्थित फापरबारीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फापरबारी ७ कि ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह ४.३० बजे फोन आएको र फोन नउठाउदै उनि बेहोस भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता बामदेब गौतमले फोन नउठाएइ बेहोस भएकाले रातो नम्वरनै कारण हो भन्न नमिल्ने साझा सबाललाई जानकारी दिए ।

गौतमले अन्जुले फोन उठाउने क्रममा बेहोस भएको कुरा सत्य भएपनि रातो नम्बरकै कारण बेहोस नभई अन्य कारण बेहोस भएको हुनसक्ने बताए । गौतमले घटना स्थलमा अहिले प्रहरी पठाइएकोले प्रहरी पुगेपछी मात्र घटना बारे बिस्तृत जानकारी दिने सकिने बताए । 

पछिल्लो समय रातो नम्बरबाट फोन आउँदा मरिने हल्ला व्यापक भाइरल बनेको छ । तर प्रहरीले भने रातो नम्बर अफबाह भएको भन्दै हल्लाको पछी नलाग्न आग्रह गर्दै आएको छ । 


यो पनि पढ्नुहोस 

रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्ने हल्ला दोलखा पुगेपछि ...

यस बिषयमा तपाइको प्रतिक्रिया...!