स्वास्थ्य मन्त्रीलाइ जुम्लाका स्वास्थ्यकर्मिको ज्ञापन पत्र

Posted on: 02 Jan, 2017


नन्दराम जैशी/पुस १८, जुम्ला । जुम्लामा कार्यरत छैटौ तहका स्वास्थ्यकर्मिहरुले स्वास्थ्य मन्त्रीलाइ ज्ञापन पत्र मार्फत स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनको माग गरेका छन् । 

छैटौ तह संघर्ष समितिले आइतबार ज्ञापन पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत स्वास्थ्य मन्त्री समक्ष स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनको माग गरेका हुन् । लामो समयदेखि स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापन नभएको भन्दै देश भरका राष्ट सेवक स्वास्थ्यकर्मिहरुबिच बिवाद उत्पन्न भएको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।       

स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापन नहँुदा भएको बिवादले स्वास्थ्य सेवा प्रवाहमा समेत अवरोध सृर्जना भएको जुम्लामा कार्यरत छैटौ तहका स्वास्थ्यकर्मिहरुको भनाइ छ । स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदा नागरीकलाइ संविधान प्रदत्त मौलिकहकको उपयोगमा समेत असर पर्ने हुँदा विद्यमान समस्या तत्काल समाधान गरी सेवा सुचारु गर्न तथा पद ब्यवस्थापनको यथाशिघ्र बातावरण मिलाउन स्वास्थ्य मन्त्रीलाइ ज्ञापन पत्र मार्फत अनुरोध गरीएको छ ।    

स्वास्थ्यकर्मिहरुको पद ब्यवस्थापनमा तत्काल उचित पहल नभएमा ऐनमा भएको ब्यवस्था कार्यान्वयनको सिलसिलामा स्वास्थ्य सेवा नियमावलि अन्र्तगत विशेष पदस्थापन कार्यान्वयन छैटौ तह संघर्ष समिति बाध्य भएर पेशाकर्मिहरुको हकहितका लागि चरणबद्ध आन्दोलन गर्ने छैटौ तह संघर्ष समितिले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!