लोकमार्ग विस्तार गर्दा नहर पुरेपछि कृषक आन्दोलित

Posted on: 02 Jan, 2017

पर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका    छन् । 


लोकमार्गको विस्तारको क्रममा फलेवासमा रहेको नहर पुरिएपछि आन्दोलित भएका स्थानीयबासीले निर्माण काममा समेत अबरोध पु¥याउदै आइरहेका छन् । 

देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको ५ नम्वर वडामा सिंचाई गर्नका लागि निर्मित फलेवास सिंचाई आयोजनाको झण्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको थियो भत्किएको नहर पुर्न्निर्माणका लागि पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएको स्थानीय भोलानाथ शर्माले बताए । 


आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिंचाई गर्नुपर्ने बेलामा सिंचाई नहर भत्किएको र मर्मतको लागि पटकपटक जानकारी गराउँदा पनि करिडोर निर्माण समितिले वेवास्था गरेका कारण आफूहरु आन्दोलित हुन परेको उनले बताए ।


नहर भत्कीएपछि झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई हुन सकेको छैन । नहरबाट २ सय घरधुरी लाभान्वीत थिए ।


हिउँदे बालीनाली सिंचाई गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । उनिहरुले तत्काल नहर मर्मतका लागि माग समेत गरेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनिहरुले बताएका छन् ।

विकासका नाममा सडक निर्माण हुनु आवश्यक छ तर कृषकहरुलाई हानी पु¥याउनेगरी नहरनै भत्काएर गरिएकोले आफुहरु आन्दोलित बन्नुपरेको पीडितको दुखेसो छ ।


बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्राक ओपन गर्ने काम भैरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्रयाक खोल्ने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!