भूकम्प पीडितको लागत निकाल्नको लागि इन्जियिनर गाउँगाउँ जाँदै

Posted on: 02 Jan, 2017

अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।


भूकम्पले क्षति पु¥याएको लगत्तै सबै पिडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाइ सहयोग गर्न यो काम थालिएको हो । 


जिल्ला तहमा लागत संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यलय खडा गरेर लागत संकलनको काम थालिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला समन्वय समितिले पनि यो अभियानलाइ सहयोग गर्दै आएको छ ।


जिल्ला लागत संकलन तथा व्यवस्थापन कार्यालयले गाविस सचिव मार्फत आएका उजुरी संकलन गर्दा पर्वतमा ११ हजार २०९ घरपरिवार पीडित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । केहि दिनमानै राष्ट्रिय पुनः निर्माण प्राधिकरण बाट खटिएर आउने इन्जिनियरले पुनः घरघरमा पुगेर क्षतिको विवरण र मात्रा अध्ययन गरेर समितिलाइ सिफारिस गर्ने शिव श्रेष्ठले जानकारी दिए ।


नका अुनसार जिल्लामा २९ जना इन्जिनियर खटिनेछन् भने उनका साथमा एकएक परिचालिका समेत रहनेछन् । ४५ दिनभित्र गाउँमा घरघरमा पुगेर तथ्याङ्क संकलन गरी कार्यालयमा बुझाउनुपर्ने उनले बताए । 


एक जना इन्जिनियरले जिल्लामा ४५ दिनमा लगत उठाउनेछन् । प्रति इन्जिनियर ४०८ घर रहने र दिनमा ८ देखि १० घरको तथ्याङ्क संकलन गरी पेश गर्नुपर्नेछ । भूकम्पले अति प्रभावित १४ बाहेक कम प्रभावित १७ जिल्लामा ढीलागरी लागत संकलनको काम शुरु भएको हो । पुनः निर्माण प्राधिकरणबाट आउने इन्जिनियरहरुले भेरिफिकेसन मोडलमा लागत संकलन गर्ने भएका हुन् ।सूचनाहरुलाइ सम्बन्धीत घरको चारै मोहडा, घर भित्र र क्षति भएको स्थानको फोटो, घरधनीको फोटो, नागरिकताको प्रमाणपत्र र पहिले पाएको परिचयपत्र समेत      राखेर रुजु गरिने छ । यसरी पठाएको पिडितले प्राधिकरणले उपलब्ध गराउने राहत रकम पाउने व्यवस्था छ । प्राविधिकले यो काम २ महिलना भित्र सक्नेछन् । पीडितले बनाइसकेको भएपनि मापदण्ड पुगेर बनाइएका भवनलाइ राहत उपलब्ध गराउने सरकारी निर्णय छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!