बजेट अभावमा ६५ खानेपानी योजना अलपत्र

Posted on: 02 Jan, 2017

दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 


यी आयोजनाका लागि विनियोजित बजेटमध्ये ७ प्रतिशत मात्रै प्राप्त भएको बताइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार जिल्लामा ४५ क्रमागत, चालू वर्ष सुरु भएका १४, बृहत खानेपानी २, सह लगानीको १ र वर्षातको पानी संकलनका ३ गरी ६५ आयोजना छन् । 


आयोजनाका लागि सवा दुई अर्बको लगानी अनुमान छ । चालू वर्ष खानेपानीका लागि प्राप्त भएको बजेट १२ करोड ८१ लाख मात्रै छ । केही आयोजना चार पाँच वर्षमा सक्ने लक्ष्य छ । एक दशकमा जम्मा लागतको ५० प्रतिशत पनि बजेट प्राप्त नहुँदा धेरै योजना अधुरै रहेको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख प्रेम डोटेलले बताए । 


क्रमागतकै ४५ आयोजना छन् भने यसपालि २० वटा नयाँ छन् । पर्वतको बेनीमा निर्माणाधीन सह लगानी खानेपानी आयोजनाका लागि मात्रै १ करोड विनियोजन भएको उहाँले बताउनुभयो । बाँकी आयोजनाका लागि लागतको ५ देखि १० प्रतिशत पनि नपुग्ने बजेट प्राप्त भएको      छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!