सिडिएसद्धारा कर्मचारीहरुलाई क्षमता अभिबृद्धी तालिम

Posted on: 02 Jan, 2017

नारायण श्रेष्ठ । पौष १८, रामेछाप

संस्थागत बिकास संजालको समन्वयमा सामुदायिक विकास समाज मन्थली रामेछापले आफ्ना कर्मचारीहरुको लागी क्षमता अभिबृद्धी सम्बन्धी ४ दिने तालिम शुक्रबार सम्पन्न गरेको छ ।

स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरको तालिम हलमा आयोजना गरीएको तालिममा सामुदायीक बिकास समाजद्धारा संचालित बिभिन्न परीयोजनामा कार्यरत कार्यक्रम ब्यवस्थापक, लेखापाल, सहजकर्ता र संस्थाका पदाधिकारीहरु गरी ६३ जनाको सहभागीता रहेको थियो । 

तालिमको समापन पश्चात सहभागीहरुको टोलीले  सिन्धुपाल्चोकको गीरानचौरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकीकृत नमुना बस्तीको अध्ययन तथा अवलोकन भ्रमण समेत गरेका छन ।

सामुदायिक बिकास समाजले पछिल्लो समय भुकम्प प्रभाबितहरुको लागी काम गरिरहेकोले आफ्ना सहजकर्ताहरुले पनी उक्त नमुना बस्तीबाट केही कुरा सिकुन भन्ने उद्धेश्यले उक्त भ्रमण गराइएको भ्रमण टोलीका संयोजक एंब संस्थाका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!