जिल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण डोटीमा औषधि अभाव

Posted on: 03 Jan, 2017

पुष १९ । डोटी । जिल्ला स्वास्थ्य कार्यालयको लापरबाहीका कारण लामो समयदेखि डोटीमा अत्यावश्यक औषधिको अभाव भएको छ । लामो समयदेखि जिल्ला स्वास्थ्य प्रमुखबिहिन हुनु, केन्द्रबाट पाउने औषधिका लागि समन्वय गर्न नसक्नु र आफैं खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्यले ल्याउन नसक्दा अभाव देखिएको हो । अहिले डोटीका जिल्ला अस्पतालदेखि गाउँका स्वास्थ्यचौकीहरुमा औषधि नहुँदा बिरामीहरु मर्कामा परेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!