अग्निपिडित परिवारलाई धरान र दमकबाट राहत उपलब्ध

Posted on: 03 Jan, 2017

अमृत बास्तोला, पुस १९, तेह्रथुम । तेह्रथुमको संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागीका अग्निपिडित परिवारलाई धरान र दमकबाट राहत उपलब्ध भएको छ । संक्रान्तिबजार आईपुगेका धरान बाट संचालित हामी साथी साथी समूहका प्रतिनिधिहरुले अग्निपिडित विद्यार्थीहरुलाई ६० थान शैक्षिक सामग्री र न्यानो कपडा, विद्यालय जान उमेर नपुगेका बालबालिका र गर्भवती महिलाहरुलाई १९ थान न्यानो कपडा वितरण गरेका छन् । २ वर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल साथी साथी समुहको अभियानबाट संकलित ८० हजार बराबरको राहत सामग्री उपलब्ध गराईएको समुहका अभियानता सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै अग्निपिडित परिवारलाई दमक उद्योग वाणिज्य संघ र दमक समाजबाट पनि राहत रकम उपलब्ध भएको छ । समाजबाट १ लाख ३ हजार रसंघबाट २५ हजार राहत रकम उपलब्ध भएको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनु भयो । संक्रान्तिबजार आइपुगेका संघका कार्यालय सचिव ज्ञाननाथ पौडेल र समाजका प्रतिनिधि तिर्थराज बस्नेतले सो रकम हस्तान्तरण गरेका हुन् । 

विभिन्न संघ संस्थाबाट अग्निपिडित परिवारलाई संक्रान्तिबजरमा उपलब्ध भएको ६ लाख १ हजार राहत रमक “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना कोष” मा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी मनुका न्यौपानेको उपस्थितिमा जिल्ला विकास समिति र स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!