डोटीमा अज्ञात रोगले दर्जनौँ बाख्रा मरे

Posted on: 03 Jan, 2017

पुस १९ डोटी । अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका किसानका बाख्रा धमाधम मर्न थालेका छन् । स्थानीय बासिन्दाका अनुसार अहिलेसम्म बाझककानी गाविस(१ का जंगबहादुर खड्काको मात्रै ३१ बाख्रा मरसिकेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका खड्काको बाख्रा फार्ममा पहिलो पटक मंसिर दोश्रो साताबाट रोग देखा परेको हो ।  खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट ७ लाख रुपैयाँ ऋण लिएर बाख्रापालन सुरु गरेका थिए । बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाख्रा पालनबाट राम्रो आम्दानी देखेर ऋण लिएर फर्म खोले अहिले रोगले मर्नथाले कहाँ बाट ऋण तिरौँ भइसक्यो ।’ ujyaaloonline 

यस बिषयमा तपाइको प्रतिक्रिया...!