राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रेडियो अमरगढी डडेल्धुराद्धारा ग्रहण

Posted on: 03 Jan, 2017

ललित बोहरा । पुष १९ डडेल्धुरा । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्र्तगत संस्थागत पुरस्कार स्वरुप सामुदायिक रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुराले मगंलबार  प्रमारणपत्र सहीत नगद २० हजार ग्रहण गरेको छ । एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ तर्फ सुदूरपश्चिमाञ्चलबाट अमरगढी एफ.एमले पनि हात पार्न सफल भएको हो । पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिस बमोजिम नतिजा सार्वजनिक गरिएको थियो । पहिलो पटक पुरस्कार स्वरुप रेडियोले २० हजार रुपैँया प्राप्त गरेको छ । रेडीयोले  खास गरेर शिक्षाको गुणस्तर सुधारका लागि समाचार, सम्बन्धित निकाय सगंको छलफल, बहस, रेडियो म्याग्जिन, शिक्षा सगं सम्बन्धित जिल्लास्तरिय, क्षेत्रीय र शिक्षा बिभागमा कार्यरत ब्यक्तित्वहरु सगंको कुराकानी लगायतका अन्य गतिविधिहरुलाई समेट्ने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!