डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको २ वर्ष पुरा, धितो भएकाले राहत पाए नभएकाहरु खाली हात

Posted on: 03 Jan, 2017

पुष १९ डडेल्धुरा । डडेल्धुराको बागबजारमा भिषण आगलागी भएको मगंलबार २ वर्ष पुरा भएको छ । सदरमुकामको मुख्य बजारमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको भएपनि पीडितहरुले अहिले सम्मपनि राहत नपाएको गुनासो गरेका छन । पिडितहरु मध्ये पनि सदरमुकाम लगायत सडक छेउ–छाउमा जमिन हुनेहरुले बैङ्कमा धितो राखि १ बर्षको लागि बिना व्याज ऋण प्राप्त गरेको भएपनि सडक छेउमा जमिन नहुनेहरुले राहत नपाएको आगलागि पिडित रमेश मल्लले रेडियो अमरगढीलाई जानकारी दिएका छन । आगलागिबाट बि.सं. २०७१ साल पुष १९ गते एक दर्जन भन्दा बढी ठूला पसलहरु जल्दा एक अर्बको क्षति भएको त्यति बेला नै जिल्ला प्रसासन कार्यालयको अनुगमन समितिले बताएको थियो । आगलागी पीडितहरुले २ वर्ष सम्म पनि राहत नपाउनुलाई सुदुरपश्चिमलाई सरकारले हेर्ने विभेदपूर्ण नीतिका रुपमा बुझिएको छ । आगलागि लगत्तै उद्योग बाणिज्य सघं डडेल्धुरा लगायतका केही दातृ निकायहरुले आगलागि पिडितहरुलाई केही राहात बाँडेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!