गैससका कार्यक्रम एकद्धार प्रणालीबाट संचालन गर्न एनजियो डेक्स स्थापना हुने

Posted on: 04 Jan, 2017


नन्दराम जैशी/पुस २०, जुम्ला ।  जुम्ला जिल्ला स्थित गैर सरकारी संघ संस्थाहरुको कार्यक्रमहरुलाई एकद्धारा प्रणालीबाट संचालन गर्न जिल्लामा एनजियो डेक्स स्थापना गरिने भएको छ । 

स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेको अध्यक्ष्तामा मंगलबार बसेको जिल्ला स्थीत सक्रिय रुपमा काम गरीरहेका गैर सरकारी संस्थाहरुको समन्वय बैठकले जिल्लामा एनजियो डेक्स स्थापना गर्ने निर्णय गरेको हो । २३ औँ जिल्ला परिषदबाट अनुमोदन भएको एनजियो डेक्सले बल्ल गति पाउने भएको छ ।   

जिल्ला विकास समिति जुम्लासँग विकास साझेदारको भूमिका निर्वाह गरि रहेका गैर सरकारी संस्थाहरुका कामलाई एकद्धार प्रणालीबाट संचालन गर्नको लागि एनजियो डेक्स स्थापना तयारी गरिएको हो । 

एनजियो डेक्सको कार्यालय जिल्ला विकास समिति जुम्लामा स्थापना हुुने भएको छ । गरिबी निवारण कोष कार्यक्रम जुम्लाका कार्य प्रबन्धक राजेश गौतम र कम्प्युटर अपरेटर हर्षवहादुर शाहीलाई एनजियो डेक्समा काम गर्नको लागि जिम्मेवारी दिईएको छ । जिल्लामा कार्यरत र स्थापना भएका एनजिओ, आइएनजिओ बिवरण अध्यावधिक गर्ने कार्यको जिम्मा उहाँहरुलाइ दिइएको हो ।

जिल्लाका सबै एनजिओ, आइएनजिओलाइ अफ्नो बिवरण अबको एक हप्ता भित्र पेश गर्न निर्देशन दिइएको छ । बिवरण अध्यावधिक कार्य सम्पन्न भएपछि माघको पहिलो साता भित्र समन्वय समितिको बैठक बसि जुम्लामा एनजिओ डेस्क स्थापना गरीने भएको हो । 

एनजिओ डेस्क स्थापनाको संयोजन गर्ने जिम्मा सिडिपि जुम्लालाइ दिइएको छ, भने डेस्क स्थापनाका लागि जिविसलाइ जिल्लाका सबै एनजिओ, आइएनजिओले सहयोग गर्न अनुरोध गरीएको छ । जिल्लामा कार्यरत र स्थापना भएका सबै एनजिओ, आइएनजिओ उदेश्य एउटै रहेको भन्दै डेक्स स्थापना गर्नुपर्नेमा सबै सहमत भएका हुन् ।


 डेक्स स्थापना भएपछि सबै एनजिओ, आइएनजिओले गरेका काम र प्राप्त उपलब्धीका बिषयमा जिल्ला विकास समिति जुम्लाको ओइवसाइटमा अपडेट गरीने भएको छ । स्थानिय विकास अधिकारी हरीनारायण बेल्वासेले भन्नुभयो, जिल्लामा एनजिओ, आइएनजिओले कँहा के कसरी काम गरीरहेका छन् र उपलब्धी के के भए तथा कुन कुन क्षेत्रमा कार्यक्रम संचालित छन् भन्ने बिषयमा सबैलाइ जानकारी नभएकाले सबैले थाँहा पाउने गरी उनिहरुका गतिविधि ओइवसाइटमा अपडेट गर्नेछौ । एनजिओ, आइएनजिओको सबै गतिविधि ओइवसाइटमा अपडेट भएपछि सबैले सजिलै र सरल रुपमा जतिखेर पनि जानकारी लिन सक्नेछन् उहाले बताउनुभयो ।

 जिल्लाका दल र निकायलाइ आफ्नो कामका बिषयमा जानकारी दिनुका साथै जनतालाइ विस्वास दिलाउने कार्य गर्न स्थानिय विकास अधिकारी बेल्वासेले एनजिओ, आइएनजिओलाइ सुझाब दिनुभएको छ । बैठकमा सहभागि एनजिओ, आइएनजिओका प्रमुख एंव प्रतिनिधिले जिविसमा बुझाएका आफ्ना रिपोर्ट हराउने र खोजेको समयमा नभेटिने गरेको बताएका छन् । 

जिविसमा एनजिओ, आइएनजिओका रिपोर्टहरु राम्रोसँग अभिलेख नभएको उनिहरुले गुनासो गरेका छन् । जिल्लाका सरकारी कार्यालयहरुको समेत जिविसमा नियमित रिपोर्ट तथा अभिलेख नभएको दावि गर्दै आफुहरुलाइ मात्र दोस नदिन जुम्लाका एनजिओ, आइएनजिओकर्मिहरुले अनुरोध गरेका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!