भोक्सिङमा घुम्ती शिवर हुने

Posted on: 05 Jan, 2017

पर्वत । जिल्लामा    रहेका सरकारी निकायले भोक्सिङमा घुम्ती शिविर संचालन गर्ने भएका छन् । विभिन्न सरकारी निकायको आयोजनामा दक्षिणबासीलाई  गाउँमानै सेवा दिने उदेश्यले एकिकृत घुम्ती शिविर यहित पौष २५ गते गर्ने भएका हुन् । 

भोक्सिङ गाउँ विकास समितिको कार्याक्रयमा हुने एकिकृत घुम्ती शिविरबाट  भोक्सिङ्ग, लुंखुदेउराली, बालाकोट, होश्राङ्गदी, उरामपोखरा, पाङराङ र बाच्छका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुनेछ्न । 

एकिकृत घुम्ती शिविरमा  नागरिकता वितरण, जेष्ठ नागरिक, अपाङ्गता परिचय पत्र वितरण तथा अन्य सिफारिसहरु , सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियान बारे जानकारी, कृषि प्राविधिक सेवा साथै बीउबिजन वितरण र पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर, रोगको परीक्षण तथा औषधि वितरण, वन संरक्षण सम्बन्धी कानूनी सचेतना, भू–संरक्षण सम्बन्धी जानकारी मूलक कार्यक्रम हुनेछन् ।

त्यसैगरी  शिक्षा सम्बन्धी परामर्श सेवा, उद्योग तथा वाणिज्य (व्यापार) दर्ता, नविकरण सम्बन्धी कार्यक्रम, फोटो सहितको मतदाता परिचय पत्र सम्बन्धी कार्यक्रम हुने बताइएको छ । 

एक दिन चल्ने उक्त शिविर विहान ८ बजेबाट संचालन जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । उक्त कार्यक्रमबाट स्थानीयबासीले आफ्नो गाउँमानै सेवा पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!