चार महीनो यता कुश्मी शेरा क पशू सेवा केन्द्र प्रमुख विहीन राजनीतीक पहुँचका आधारमा प्रमुखले जिल्

Posted on: 05 Jan, 2017

महेन्द्र जिसी  २० पौष   

गएको भदौमा भएको सरुवामा कर्मचारी जान नमान्दा  वाग्लुङ जिल्लाको कुश्मीसेरा क पशु सेवा केन्द्र  चार महीना यता ईन्चार्ज विहीन हुन पुगेको  छ । जिल्ला पशु सेवा कार्यालय पर्वतबाट सरुवा भएका वरिष्ट पशु विकास अधिकृत विष्णु बहादुर पाण्डे सेवा केन्द्रमा जान नमान्दा क वर्गको पशु सेवा केन्द्र प्रमुख विहीन हुन पुगेको हो ।  वाग्लुङ जिल्लाको उत्तरी गाविस कुश्मी सेरा रहेका कारण छिमेकी जिल्ला पर्वत मार्फत सेवा लिईरहेको  कृषकहरुले गुनसो गरेका छन ।  टाढाको बाटो लागो यात्रा गर्नु पर्ने भएका कारण पर्वतमा सेवा लिन आएको  कुश्मी सेराका पशु पालक कृषकहरुले गुनसो गरेका छन ।

    अहीले ना प्रास प्रताप पौडेलबाट काम भईरहेको  जिल्ल पशु सेवा कार्यालय वाग्लुङले जनाएको  छ ।  कार्यालय  प्रमुख गोपाल गिरीका अनुसार पर्वत बाट सरुवा भई आउनु भएका  वरिष्ठ पशु विका अधिकृत विष्णु बहादुर पाण्डेले जिल्लामा पहल गर्दा केही ढिलाई भएको हो ।  सरुवाको क्रममा कर्मचारीहरुको व्यवस्थापनमा कठीनाई भएका कारण केही महीना ढिलाई भएको भन्दै एक सातामा सधार आउने गिरीले बताउनु भयो ।  २० वर्ष देखी पर्वत जिल्लाका कार्यरत पाण्डे  सरुवा भई अन्य जिल्लामा जान नमान्दा  ग्रामीण भेगका कृषकहरुले समस्या झेल्दै आउनु परेको हो ।

राजनीतीक पहुँचका आधारमा जिल्लामा नै दशकौ विताएका पाण्डेले सुरुवा बदर गर्न खोजेका कारण पनि महीनौ सम्म  पशु सेवा क केन्द्र  ईन्चार्ज विहीन हुन पुगेको हो । गिरीले जिल्लाका कर्मचारी सेवा केन्द्रमा जान नमाने पछि   सेवा अवरुद्ध भएको बताउनु भयो । युवा लक्षीक कार्यक्रममा मानोमानी गरेका समाचार प्रकाशन भएपछि विभागले पाण्डेलाई कुश्मी शेर क  सेवा  केन्द्रमा सरुवा गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!