बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना, १२ जना घाईते

Posted on: 05 Jan, 2017

प्रेम सुनार/पुस २१, गुल्मी । आज दिउँसो करिव साढे ११ वजेको समयमा पाल्पामा  सडक दुर्घटनामा परी  १२ जना घाईते भएका छन् । 

वुटवलबाट तम्घास आउँदै गरेको  लु १ ज १६८९ नम्वरको जिप  र  विपरित दिशाबाट आई रहेको लु ३ प ६९१९ नम्वरको मोटरसाईकल  पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा ठोक्कीदा  मोटर साईकलमा सवार २ जना सहित जिपमा सवार १२  जना घाईते भएको जनाईएको छ । 

घटना स्थलमा प्रत्यक्ष रिर्पोटिङ्ग गरी रहेकी रेसुङ्गा टेलिभिजनकर्मी ईन्द्रा पटेलका अनुसार जिप करिव ३० मिटर तल खसेको छ । तिव्रगतिमा दुवै सवारी साधन आवत जावत गरेका कारण नियन्त्रण भन्दा बाहिर गएर एक अर्कामा ठोक्कीने पुगेको बताईएको छ ।

जिपका यात्रुहरु सामन्य घाईते भए पनि मोटर साईकलमा सवार दुई जना भने गम्भीर घाईते छन् । यो समाचार तयार  पार्ने वेला सम्म प्रहरी नपुुगेको छैन् र  घाईतेको नाम विवरण पनि खुल्न सकेको छैन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!