बजारमा थन्किएको फोहोर खेलाडि र कर्मचारी मिलेर उठाए (फोटोफिचर)

Posted on: 06 Jan, 2017


नन्दराम जैशी/पुस २२ जुम्ला । करीब दुई हप्ता यतादेखि जुम्लाबजारमा थन्कीएको फोहोर बिहिबार जुम्लाका खेलाडि र कर्मचारी मिलेर उठाएका छन् । 

दुई हप्ता यतादेखि जुम्लाबजारको विभिन्न स्थानमा थन्कीएको फोहार बिहिबार कर्णाली स्पोर्ट क्लबको नेतृत्वमा जुम्लाका खेलाडि र चन्दननाथ नगरपालिकाका कर्मचारी मिलेर उठाएका हुन् । नगरपालिकाको फोहोर फाल्न डम्पीङ साइडको ब्यवस्था नभएकाले यस अघि फाहोर फालिदै आएको ठाँउमा बाराम्बार बिवाद भएपछि करीब दुई हप्ता यतादेखि जुम्लाबजारमा फोहोर थन्कीएको थियो ।


 डम्पीङ साइडको टुङगो लागिन्जेल केहि महिना कठायत कन्सनट्रक्स र चन्दननाथ नगरपालिकाबिच कठायत कन्सनट्रक्सको जग्गामा फोहोर फाल्ने सहमति भएपछि जुम्लाबजार क्षेत्रमा थन्कीएको फोहोर बिहिबार खेलाडि र नगरपालिकाका कर्मचारी मिलेर उठाएका छन् । बिहिबार उठाइएको फोहोर जुम्लाबजार तलिबाडा स्थीत कठायत कन्सनट्रक्सको जग्गामा फालिएको छ ।


 कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहिले भन्नुभयो, नगरपालिकाले फोहोर उठाउन छोड्दा बजारमा दिन प्रतिदिन फोहोरको थुप्रो बढ्दै गयो, बजार क्षेत्रको फोहोरले जुम्लाको इज्जत र स्वास्थ्यमा नकरात्मक प्रभाव पार्ने भएपछि हामि क्लबका सबै खेलाडिले फोहोर देखेर सहेनौ अनि उठाउन बाध्य भयौ । बाराम्बार बजार क्षेत्रको फोहोर बढ्दै जाने र सम्बन्धीत जिल्लाका सरोकारवाला निकायको लापारवाहि र हेलचक्राइले फोहोर नउठाउदाँ हामि क्लबका खेलाडि चिन्तीत भएका छौ, शाहिले बताउनुभयो


 यता चन्दननाथ नगरपालिका जुम्लाका कार्यकारी नगर अधिकृत केशवराज शर्माले नगर क्षेत्रभित्रको भण्डारीबाडा गाँउमा डम्पीङ साइड निर्माणका लागि सडक निर्माण र फोहोर फाल्ने गाडिको टेण्डर आवाह्रान गरीएको बताउनुभयो । आउदो फागुन, चैत भित्र डम्पीङ साइडको ब्यवस्था हुने भन्दै टेण्डर प्रक्रिया सकिएपछि छिटै निर्माणकार्य संचालन हुने शर्माको भनाइ छ । पसल तथा घरबाट निस्केको कुहिने फोहोरलाइ खाल्डो बनाइ कुहाएर मल बनाउन र जल्ने फोहोरलाइ निश्चीत ठाँउमा जलाउन खेलाडिको सुझाब छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!