डडेल्धुरामा नेपाली सेनाको गाडी दुर्घटना, २६ घाईते, सात गम्भीर

Posted on: 08 Jan, 2017

ललित बोहरा । पुस २४, डडेल्धुरा । हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना कुमारी दलगण डडेल्धुराको वानटन नामक गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ ।

भिमदत्त राजमार्गको साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा २६ जना नेपाली सेना घाईते भएका छन भने ७ जनाको अबस्था गम्भीर रहेको र रिफरहरुको लागी हेलिकप्टर आउदै गरेको  सेनानी कृष्ण अधिकारीले जानकारी दिनु भएको छ ।

दुर्घटनामा परेर टोली कमाण्डर रहेका सेनानी कृष्ण अधिकारी सहित १९ जना घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । ३६ जना रहेको गाडी सडकबाट करीब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईतेमा खुम बहादुर बुच्छे, मिठे थापा,भरत कुमार, निर वहादुर सारु लगायतकालाई केहीबेरमो थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको समेत सेना स्रोतको जनाएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!