डडेल्धुराको साउर्खकमा नेपाली सेनाको गाडी दुर्घटना ३३ घाईते ,, गम्भीर घाईते ११ सैनीक हेलिकप्टरमार्फत

Posted on: 08 Jan, 2017

ललित बोहरा । पुष २४ । डडेल्धुरा  हिमपातका कारण अबरुद्ध भिमदत्त राजमार्ग सुचारु गर्न गएको नेपाली सेना दलगण डडेल्धुराको वानटन नामक लू १ ना २९४ गाडी फर्किने क्रममा आईतबार दुर्घटना भएको छ । भिमदत्त राजमार्गको असिगा्रम गाबिस साउर्खमा बिहान करिब ११ः३० बजे भएको दुर्घटनामा ३३ जना नेपाली सेना घाईते भएका छन भने ७ जनाको अबस्था गम्भीर रहेको भएपनी ११ जना सैनीकलाई थप उपचारका लागी नेपाली सेनाको एन ०५६ हेलिकप्टर मार्फत काठमाडौं पठाईएको  घाईते समेत रहेका सेनानी कृष्ण अधिकारीले जानकारी दिनु भएको छ । गम्भीर घाईतेमा खुम बहादुर बुच्छे, मिद्धि थापा, भरत कुमार थापा , निर बहादुर सार्की, बहादुर सिह खाडँ, कृष्ण खाडँ लगायतकालाई थप उपचारका लागि काठमाडौँ पठाईएको गरुण दल दहब्यरेक डडेल्धुराले जनाएको छ । दुर्घटनामा घाइते भएका २३ जनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल स्रोतले जनाएको छ । ३६ जना रहेको गाडी सडकबाट करीब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना सडकमा रहेको तुसारोले चिप्लेर हुन सक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!