सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन

Posted on: 10 Jan, 2017

दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन । 

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गरिरहेका बेला सुदूरपश्चिममा भने लोडसेडिङ घट्नुको सट्टा बढीरहेको उपभोक्ताले बताएका छन् । 

अहिले यहाँ दैनिक २ देखि ३ घण्टासम्म लोड सेडिड्ड भईरहेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाले जनाएको छ । यसअघि पनि त्यहीं मात्रामा लोड सेडिड्ड हुने गरेको सो कार्यालयको भनाई छ ।

देशका काडमाण्डौं, पोखरालगायताका ठूला शहरहरुमा लोड सेडिङ हट्दै गर्दा यो अभियानले सुदूरपश्चिमलाई भने छुन सकेको छैन । सुदूरपश्चिममा लोड सेडिङ हटाउका लागि उजामन्त्री मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले ध्यान नदिएको यस क्षेत्रका बासिन्दाको भनाई छ ।

सुदूरपश्चिममा लोडसेडिङ पहिलेकै जति समयमा भईरहेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखा अत्तरिया अधिकृत परितोष कुमार चौधरीले बताउनुभयो । २/३ महिनाअघिकै हाराहारीमा अहिले पनि लोडसेडिङ भईरहेको उहाले बताउनुभयो ।

लोडसेडिङ अन्त्यका लागि केन्द्रबाट कुनै नयाँ कार्यक्रम नभएको सो कार्यालयको भनाई छ । तर चुहावट नियन्त्रणमा भने मन्त्रालयले कडाई गर्न भनेको छ । अहिले टनकपुर नाका भएर ३५ मेगावाट विद्युत आयात भईरहेको छ ।

विद्युत प्राविधिकरणले सो नाकाबाट थप विद्युत आयात गर्ने भनेको थियो । तर त्यसका लागि ठोस पहल हुन नसकेको बताइएको छ । थप विद्युत आयातका लागि टनकपुर नाकामा भारतीय पक्षले बढी क्षमता भएको ट्रान्समिटर जडान गर्न आवश्यक रहेको बताइएको छ ।

तर, भारतीय पक्षले ट्रान्समिटर जडानको प्रकृया अगाडि बढाएको छैन । भारतले सो नाकाबाट विद्युत निर्यातका लागि ५० एमबीएको ट्रान्सर्फर राख्ने बताइएको छ । तर टनकपुर नाकाबाट तत्काल थप विद्युत आयात प्रकृया अन्यौलमा रहेको ग्रीड शाखाका अधिकृत चौधरीले बताउनुभयो ।

यो क्षेत्रमा लोडसेडिङ अन्त्यका लागि अहिले कम्तीमा २० मेगावाट विद्युत आवश्यक रहेको अधिकारीहरुले बताउनु भएकाछन् । सुदूरपश्चिममा सवैभन्दा बढी ३० मेगावाट कैलालीमा खपत हुन्छ भने १२ मेगावाट कञ्चनपुर जिल्लामा खपत हुने गरेको छ । क्षेत्रीय कार्यालयका अनुसार अन्य ७ पहाडी जिल्लामा ७ मेगावाट विद्युत अहिलेको आवश्यकता अनुसार आपूर्ति गर्नुपर्ने देखिएको छ ।

सुदूरपश्चिममा अहिले अपी हाईड्रोपावरबाट साढे सात मेगावाट विद्युत उत्पादन भईरहेको छ । जुन पहाडी जिल्लामै खपत हुन्छ । यसअघि देशभरको कार्यतालिका भन्दा कम लोडसेडिङ हुने सुदूरपश्चिममा सरकारी स्तरबाट पहल भए लोडसेडिङ हट्नसक्ने व्यवसायीहरुले बताउनुभयोका छन् । तर, यहँ लोडसेडिड्ड हटाउनका लागि पहल नभएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव अशोक देवकोटाले बताउनुभयो ।

उहाँले चुहावट नियन्त्रण र भारतबाट केही मेगावट थप विद्युत आयातको पहल हुनसके सुदूरपश्चिम लोडसेडिङ मुक्त हुनसक्ने बताउनुभयो । लोडसेडिड्डले उद्योग, व्यापार प्रभावित भएको उहाले बताउनुभयो ।

३० मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भए सुदूरपश्चिममा लोडसेडिङ अन्त्य हुने बताइएको छ । चमेलियाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!