आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन

Posted on: 10 Jan, 2017

पौष २६, पोखरा |

कास्कीको लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन भएको छ । मंगलबार सम्पन्न बैठकले गोकर्ण तिवारीको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागी नयाँ कार्यसमिती चयन गरेको बिद्यालयका प्रधानध्यापक शुक्रराज अधिकारीले जानकारी दिए ।

समितीको सदस्यहरुमा बसन्त राज कडेल, कमला अधिकारी, हेम बहादुर सापकोटा, सुमित्रा पौडेल अधिकारी, बिष्णु ओझा, सबिनचन्द्र तिवारी चयन भएका छन् । समितीको सदस्य सचिबमा प्रधानध्यापक शुक्रराज अधिकारीलाई चयन गरीएको छ ।

बैठकमा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका नब निर्वाचित अध्यक्ष तिवारीले सरकारी स्कुलको शैक्षिक गुणस्तर पछिल्लो समय खस्कदै गएको बताउदै आनन्द ज्योतीको शैक्षिक गुणस्तर माथी उठाउन आफु लागि पर्ने प्रतिबदता ब्यक्त गरे । समितीका नब निर्वाचित सदस्यहरुले पनि बिद्यालयको शैक्षिक गुणस्तर माथी उठाउन सधै लागी पर्ने बताएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!