कास्कीको लेखनाथमा ग्यास पड्किदा ५ जना घाइते १ को अबस्था गम्भिर

Posted on: 10 Jan, 2017

कमल सुबेदी 

पौष २६, पोखरा  

कास्कीको लेखनाथ ८ डुडाकोमुख भन्ने ठाउमा ग्यास पड्किदा ५ जना घाइते भएका छन् । घाइतेको पोखराको मनिपाल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा कास्की लेखनाथ ८ शिशुवा बस्ने रुकु थापा,महेश थापा,बसन्धरी पौडेल,सरास्वति भन्डारी र लक्ष्मी अधिकारी रहेका छन् । घाइते मध्ये रुकु थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । खाना पकाउदा सिलिन्डर ग्यास पड्किएपछि आगो लागेर घाइते  भएको स्थानियले जानाकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!