रामेछापको दोरम्बा गाविस खुल्ला दिशामुक्त गाविस घोषणा

Posted on: 11 Jan, 2017

प्रज्वल पाैडेल । पुस २६, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको छ । गाविस स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा मंगलबार भएकाे कार्यक्रममा जिल्ला खानेपानि तथा सरसफाई डिभिजन प्रमुख लोक बहादुर चौलागाईले दोरम्बालाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा वक्ताहरूले स्थानीय र सामाजिक संस्थाहरुको विषेश सक्रियताले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सफल भएको बताएका छन् । उनीहरुले खुल्ला दिशामुक्त क्षेत्रलाई व्यवस्थापन गर्न आग्रह गरेका छन् ।कार्यक्रममा वडा संयोजक,महिला स्वयम् सेविका, सामाजिक अभियानकर्ता र खुल्ला दिशामुक्त क्षेत्र बनाउन सम्लग्न विभिन्न संघ संस्थालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

गाविसमा जिल्ला खानेपानी डिभिजन कार्यालय, वृहत खानेपानि उपभोक्ता समिति, पहाडि समाज कल्याण केन्द्र, सबल परियोजना, आरआरएन र गाविसको कार्यालयको लागतमा ४ सय ५१ घरमा शाैचालय निर्माण गरिएको बताइएकाे छ ।गाविस सचिव रामहरी अधिकारीको अध्यक्षतामा भएकाे कार्यक्रममा राजनैतिक दलकाप्रतिनिधि,संघसंस्था,शिक्षक,नागरिक समाज,महिला स्वयमसेविका लगाएतकाे सहभागीता रहेकाे थियाे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!